शुक्रबार, साउन २, २०८२

दुई कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

सप्तरी जिल्ला विष्णुपुर गाउँपालिकाका लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई आज (बुधबार) अख्तियारको टोलीले राजविराज नगरपालिकाको त्रिभुवनचोकबाट नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट सेवाग्राहीबाट घुसवापत लिइएको दुई लाख रुपैयाँ नगर र तीन लाख रुपैयाँको चेक अख्तियारको टोलीले बरामद गरेको छ। उनीहरुले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ।

प्रकाशित: Aug 16, 2023| 20:02 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्