बुधबार, जेठ २७, २०८३

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

मनहरी- मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन्। 

National life

जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ। मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुङ्गाले थिचेर ज्यान गएको हो। 

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मङ्गलबार गाईभैँसी चराउन गएकी उनी बसेको ढुङ्गा पल्टिएर त्यसले थिच्दा ज्यान गएको हो। इलाका प्रहरी कार्यालय निजगढको टोली आज घटनास्थलमा पुगेको उनले बताए।

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ चित्रेघारीमा भीरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको छ। घर नजिकैको जङ्गलमा घाँस काट्न गएका उनी मङ्गलबार चिप्लिएर भीरबाट खसेका थिए।

गम्भीर घाइते बम्जनलाई उपचारका लागि फर्पिङस्थित मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 16, 2023| 21:21 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्