बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चिनियाँ सेनाको तिब्बती कमाण्ड प्रमुख नेपालमा, प्रधानसेनापति शर्मासँग भेटवार्ता

चिनियाँ सेनाको तिब्बती कमाण्ड प्रमुख नेपालमा, प्रधानसेनापति शर्मासँग भेटवार्ता

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

काठमाडौं- चिनियाँ सेना पिपुल्स लिब्रेसन आर्मी (पीएलए) का तीब्बती कमाण्ड प्रमुख मेजर जनरल युई एन देले नेपाली सेनाका प्रमुख प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। तीब्बती मिलिटरी कमाण्डका प्रमुख मेजर जनरल युई ८ सदस्यीय सीमा सुरक्षा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पाँच दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं ओर्लिएका हुन्। 

National life

उनले बुधबार नै जंग्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा द्विपक्षीय हित तथा आपसी चासो र सीमा सुरक्षाका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ। 

तीब्बती मिलिटरी कमाण्डका मेजर जनरल नेतृत्वको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायत सैनिक इकाईहरुका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्ने सेनाले जनाएको छ। 

एयर चाइनाको विमानबाट बुधबार काठमाडौं ओर्लिएको टोली भदौ ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। उक्त टोलीलाई बुधबार नेपाली सेनाका मेजर जनरल सागर बहादुर थापा र ब्रिगेडियर जनरल सुनिल श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। 

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँ बराबरको सैनिक सामग्री खरिद गर्ने तयारी गरिरहेको छ। यसअघि सन् २०१७ मा नेपाली सेनाले चिनियाँ सेनासँग पहिलो संयुक्त सैन्य अभ्याससमेत गरेको थियो। सगरमाथा फ्रेन्डसिप-२०१७ अन्तर्गत नेपाली सेनाले चिनियाँ सेनासँग मिलेर १० दिने संयुक्त सैन्य अभ्यास गरेको थियो। 

Shivam cement

यसअघि सन् २०१९ मा साढे दुई अर्बको मानवीय र विपद् राहत उपकरणका लागि सहायता उपलब्ध गराएको थियो। यसपछि नेपाली सेनामा चिनियाँ चासो बढेको विश्लेषणसमेत गरिएको थियो। 

प्रकाशित: Aug 16, 2023| 18:41 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्