बुधबार, जेठ २७, २०८३

काभ्रेको रोशीमा केन्द्रीय विद्युत् वितरण

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

काभ्रे- रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ। गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घन्टा बिजुली बाल्न पाएका छन्।

National life

उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरेका छन्। लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रीय विद्युत् लाइन जोडिसकिएको थियो। “एक सय ७३ घरमा केन्द्रीय प्रसारण लाइन जडान भइसक्यो, अब वडामा बाँकी आठ घरमा छिट्टै पुर्याउनेछौँ”, लामाले भने।

यसअघि सो वडाका बासिन्दाले लघुविद्युत्बाट बिजुली बाल्दै आएका थिए। केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय निकै खुसी भएका छन्। राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै विद्युत् आउने भएपछि कुटानी पिसनानीका लागि अन्यत्र जानु नपर्ने तथा उद्यमसमेतका लागि निकै उपयोगी भएको स्थानीय रामबहादुर लामाले बताए।

पाँच करोडमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि  तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ। उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताए। 

प्रकाशित: Aug 16, 2023| 22:32 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्