शुक्रबार, साउन २, २०८२

विभिन्न स्थानमा ७ जना मृत फेला

 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं, टोखा नगरपालिका-११ गोगंबु गणेशस्थान नजिक प्रेम बहादुर माझीले आफ्नै घरमा संचालन गरेको सिन्धुली रिमिक्स खाजा घरमा विगत १४/१५ वर्षदेखि काम गर्दै आएका रामेछाप मन्थली नगरपालिका-१३ घर भएका ४७ वर्षीय फडेन्द्र खप्‍तडी सोही घरको पहिलो तलाको आफू बस्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वा बस्ने प्रभु महतो केवटको छोरा १८ वर्षीय सेट कुमार केवट आफ्नै कोठमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

डडेल्धुरा, पर्शुराम नगरपालिका-१२ आमपानी बस्ने मोहन राउटेकी छोरी १४ वर्षीया अमृता राउटे सोही नगरपालिका-१२ रङगुन खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

रौतहट, कटहरिया नगरपालिका-८ स्थित सडक छेउमा सोही नगरपालिका-९ डुमरिया बस्ने २० वर्षीय टिमन भन्ने रामअनन्दी माझी बुधबार मृत अवस्थामा फेला परेका छन्।

झापा, मेचीनगर नगरपालिका-५ बस्ने ५७ वर्षीय शेर बहादुर प्रधान सोही ठाउँस्थित मेचीखोलाको बगरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, राप्ती नगरपालिका-१२ नेटाराङ बस्ने ४८ वर्षीय धनकाजी प्रजा सोही ठाउँस्थित रेबती लोथर खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

सल्यान, त्रिबेणी गाउँपालिका-१ सल्लेरीस्थित सल्लेरी सामुदायिक वनमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ५७ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 16, 2023| 17:11 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्