बुधबार, जेठ २७, २०८३

डेंगु संक्रमणमा जिम्मेवार बन: आयोग

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

राष्ट्रिय मानव अधिकार अयोगले डेंगु संक्रमणको नियन्त्रण तथा रोकथामका लागि जिम्मेवार निकायहरु संवेदनशील हुन नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको बताएको छ।

National life

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै देशव्यापी रुपमा फैलिँदै गएको डेंगु रोगका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा पर्न गएको असरप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

आयोगले पछिल्लो एक महिनामा डेंगुबाट प्रभावितको संख्या बढेर १२ हजार नाघिसकेको र यसबाट ८ जनाको ज्यानसमेत गएको अवस्थामा रोग नियन्त्रण तथा रोकथामको लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन नसकेकोले उक्त संक्रमण महामारीको रुप लिन सक्नेप्रति सचेत गराएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले डेंगु फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने कार्यलाई प्राथमिकता साथ अगाडि बढाउने कार्यमा सरकारको ध्यान जान नसकेको बताएका छन्।

जारी विज्ञप्तिमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा (१६) मा प्रत्येक स्वास्थ्य संस्थाले कुनै पनि रोगको संक्रमण नहुने र रोक्नेतर्फ आवश्यक सुरक्षात्मक उपायको अवलम्बन गर्नुपर्ने उल्लेख गरेकोले डेंगु संक्रमणले महामारीको रुप लिन सक्नेप्रति सचेत रहँदै नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै रोग नियन्त्रणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोगले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको छ।

Shivam cement

विज्ञप्तिमा कानुनी व्यवस्थाले नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्नु राज्यको दायित्व रहेको उल्लेख छ।

 

प्रकाशित: Aug 16, 2023| 15:55 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्