बुधबार, जेठ २७, २०८३

आठ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा सात जना गम्भीर घाइते

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

चितवनको भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न आठ  सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

National life

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैंडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो।

सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१,  बा प्र ०३–००५  प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१  प ४१४७  मोटरसाइकल र बा प्र ०६–००१  प २२९४ र बा।प्र।०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो ।

ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेजमा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन्।

Shivam cement

प्रकाशित: Aug 16, 2023| 14:37 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्