बुधबार, जेठ २७, २०८३

आठ सवारीसाधन एकआपसमा ठोक्किएपछि...

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

काठमाडौं- पूर्व–पश्चिम राजमार्गस्थित चितवनको टिकौलीमा आठ वटा सवारीसाधन एकअर्कासँग ठोक्किएर दुर्घटना भएको छ। आज दिउँसो १ बजेतिर भएको दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको चितवन प्रहरीले जनाएको छ।

National life

बस, शव वाहन, मोटरसाइकल, स्कुटर गरी ८ वटा सवारीसाधन दुर्घटनामा परेका हुन्। सुरूमा भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो।

त्यसपछि व्यस्त राजमार्गमा तीव्र गतिमा रहेका अरू सवारीसाधन पनि अनियन्त्रित भई त्यहाँ ठोक्किएको प्रहरीको अनुमान छ। घटनास्थलमा उद्धार जारी रहेकाले घाइतेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ।

 

प्रकाशित: Aug 16, 2023| 14:21 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्