सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीको भाडा करिब ५ प्रतिशतसम्म बढाएको हो।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार आजैबाट लागू हुने गरी यात्रुवाहक सवारीमा ४.७० प्रतिशत भाडा बढेको छ। यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म भाडा बढेको छ।