बुधबार, जेठ २७, २०८३

मणिपुरमा २० वर्षपछि देखाइयो हिन्दी फिल्म

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

साम्प्रदायिक हिंसासँग जुधिरहेको भारतीय राज्य मणिपुरमा २० वर्षपछि हिन्दी फिल्म प्रदर्शन भएको छ। भारतको ७७ औं स्वतन्त्रता दिवसको दिन मंगलबार त्यहाँ फिल्म प्रदर्शन गरिएको हो।

National life

मणिपुरको चुराचान्दपुरस्थित एउटा ओपन थिएटरमा पाकिस्तानमाथि भारतको सर्जिकल स्ट्राइकमा आधारित फिल्म उरी प्रदर्शन गरिएको थियो। यो फिल्ममा विक्की कौशल मुख्य भूमिकामा छन्। समाचार संस्था पीटीआईका अनुसार फिल्म हेर्न ठूलो संख्यामा दर्शक आएका थिए।

मणिपुरमा रिभोलुसनरी पिपुल्स फ्रन्ट (आरपीएफ) ले सन् २००० मा हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाएको थियो। पछिल्लो पटक मणिपुरमा सन् २०१८ मा हिन्दी फिल्म कुछ कुछ होता है रिलिज भएको थियो।

त्यसको दुई वर्षपछि प्रतिबन्ध लगाएको आरपीएफले करिब आठ हजार हिन्दी भिडियो-अडियो क्यासेट जलाएको थियो। 
 

प्रकाशित: Aug 16, 2023| 08:27 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्