शनिबार, साउन ३, २०८२

पेट्रोल र डिजेलको भाउ बढ्यो

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मटीतेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो। 

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। नयाँ तोकिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

मूल्यवृद्धिसँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मटीतेल र डिजेलको १६७ रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मटीतेल १५३ रुपैयाँ थियो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६४ रूपैयाँ ५० पैसा पर्नेछ। 

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७७ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६६ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७८ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ पर्नेछ।

आईओसीले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ र त्यसैअनुसार यहाँ निगमले मूल्य घटबढ गर्छ।

प्रकाशित: Aug 15, 2023| 21:22 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्