शनिबार, साउन ३, २०८२

भ्रष्टाचार आरोपमा दोलखाका तत्कालीन प्रजिअ रिजाल दोषी ठहर

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

काठमाडौं- विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ।

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आज घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो। अदालतले निजलाई एक वर्ष कैद, रु चार लाख बिगो र सोहीअनुरुप जरिवाना हुने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो।

प्रकाशित: Aug 15, 2023| 21:31 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्