बुधबार, जेठ २७, २०८३

टुट्यो मुस्ताङको सडक सम्पर्क

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

म्याग्दी- छिमेकी जिल्लाहरूसँग मुस्ताङको यातायात सम्पर्क टुटेको छ। बाढीले सडक र झोलुंगे पुल बगाएपछि मुस्ताङबाट म्याग्दी हुँदै पोखरा र काठमाडौँ जोड्ने सडक सम्पर्क टुटेको हो।

National life

प्रतिकूल मौसमका कारण जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएको छ। मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी-जोमसोम सडक म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बन्द छ।

जोमसोमदेखि थासाङ गाउँपालिकालाई जोड्ने सडक मार्फाखोलामा आउने बाढीका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ। घरपझोङ गाउँपालिका–४ जोमसोममा कालीगण्डकीले कटान गरेर सडक भत्काएपछि जोमसोम–कागबेनी–मुक्तिनाथ सडक मंगलबार बिहानदेखि बन्द भएको छ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको मोटरेबल र झोलुङ्गे पुल आइतबार राति कागखोलामा आएको बाढीले बगाएको थियो। मोटरेबल र झोलुङ्गे पुल बाढीले बगाएपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको साथै बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, ताङ्वे गाउँसँग सडक सम्पर्कविच्छेद भएको हो।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले चैलेमा कालीगण्डकी नदीको मोटरेबल पुलको पहुँचमार्ग बगाएको र चराङखोलाको काठको अस्थायी पुल बाढीले भत्काउँदा यातायात सम्पर्कविच्छेद भएको बताए।

Shivam cement

‘कागबेनी, छुसाङ र चराङखोलामा बाढीले सडक, पुल बगाएको र भत्काएको हुँदा उपल्लो मुस्ताङ आउने–जाने बाटो बन्द भएको छ,’ उनले भने। सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान र निर्माण सामग्रीको ढुवानी हुन सकेको छैन। बाढी प्रभावित कागबेनीमा खानेपानी अभाव र विद्युत् आपूर्ति बन्द भएको छ। -रासस

प्रकाशित: Aug 15, 2023| 20:45 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्