शुक्रबार, साउन २, २०८२

भीरबाट लडेर हुम्लामा एक युवकको मृत्यु

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

सिमकोट- हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो। 

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो। ढकाल गाईबस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए। 

उनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। ढकाल सोमबार साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दा मंगलबार मृत भेटिएका थिए। 

प्रकाशित: Aug 15, 2023| 18:29 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्