शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंका सुकुम्बारी व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल 

काठमाडौंका सुकुम्बारी व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल 

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा सुकुम्बासी व्यवस्थापन गर्ने विषयमा छलफल गरेको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौं उपत्यकामा सुकुम्बासी व्यवस्थापन गर्ने विषयमा छलफल गरेको हो। 

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरू उपस्थित थिए ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक महत्वपका विषय र दीर्घकालीन लाभ हुने विषयमा केन्द्रित हुन आग्रह गरेका हुन्। 'सार्वजनिक महत्वका विषयको दीर्घकालीन अर्थ हुन्छ । त्यस्ता विषयमा हाम्रो सबैभन्दा बढी ध्यान दिनुपर्छ,' प्रधानमन्त्रीले भने, 'एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नु हुँदैन । त्यसतर्फ तपाईहरूले ध्यान दिनु जरुरी छ।' 

बैठकमा तीनकुने अधिग्रहित जग्गा नेपाल सरकारको नाममा आइसकेको परिस्थितिमा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या कसरी गर्ने एवं तीनकुने जडीबुटी अन्डरपासको काम कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
 

प्रकाशित: Aug 15, 2023| 18:06 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्