शुक्रबार, साउन २, २०८२

सुन तस्करी प्रकरण

गाल्ने क्रममा ६३ ग्राममात्र घट्यो सुन, ३४ वटा बिस्कुट

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

काठमाडौं- यही साउन ३ गते बरामद भएको तस्करीको सुनको परिमाण यकिन भएको छ। सुन गाल्दा ६० किलो ७१६ ग्राम निस्किएको हो। यसअघि ब्रेक शुबाट हटाएर जोख्दा ६० किलो ७७९ ग्राम भएकोमा गाल्ने क्रममा ६३ ग्राम घटेको हो। सुन गालेपछि ३४ वटा बिस्कुट बनेको छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो। अब यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने प्रमुख आचार्यले बताए। त्यसका लागि केही दिन लाग्नेछ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। ब्रेक शुबाहेक सय किलो सुन अनुमान गरिएकोमा करिब ६१ किलो भएको थियो।
सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा हालसम्म १८ जनालाई पक्राउ गरिएकोमा १७ जना सीआईबीको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ।

 

प्रकाशित: Aug 15, 2023| 14:50 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्