बुधबार, जेठ २७, २०८३

काठमाडौंको भारतीय दूतावासमा मनाइयो ७७ औं स्वतन्त्रता दिवस

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

नेपालस्थित भारतीय राजदूतावासले आज ७७औं स्वतन्त्रता दिवस मनाएको छ। काठमाडौंको लैनचौरमा रहेको दूतावासमा स्वतन्त्रता दिवस मनाइएको हो।

National life

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश वाचन गर्नुका साथै भारतको झण्डात्तोलन गरेका थिए। साथै उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।

कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबारे चर्चा गरिन्।

दूतावासले कार्यक्रममा भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५.३३ करोड रुपैयाँ वितरण गरी सम्मान गरेको थियो। कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए।

Shivam cement

प्रकाशित: Aug 15, 2023| 14:29 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्