बुधबार, जेठ २७, २०८३

श्रीमती मारेर प्रहरीलाई खबर गरेका श्रीमान् पक्राउ

तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँमा १४ साउनमा २४ वर्षीया श्रीमती रेसिका (दमन्ता) श्रेष्ठको हत्या आरोपमा पति राजकुमार पक्राउ परेका हुन्।
 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

काठमाडौं– श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्। तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँमा १४ साउनमा २४ वर्षीया श्रीमती रेसिका (दमन्ता) श्रेष्ठको हत्या आरोपमा पति राजकुमार श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

National life

२७ साउनमा दमन्ताको शव पसल नजिकै सुँगुरको खोरमा गाडेको अवस्थामा फेला परेको थियो। सोही दिन झापाको काँकडभिट्टास्थित एक होटलमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

साविक थोक्लुङ गाविस वडा नम्बर–२ की रेसिकाको हत्या गररे पति राजकुमारले १५ साउनमा खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए। 

तर प्रहरीले श्रीमतीको हत्या आशंकामा  पतिलाई केरकार गरेपछि घरायसी विवादमा दम्पतीबीच झगडा भएकाले रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएको प्रहरी नायब उपरीक्षक राजन चापागार्ईंले बताए।

प्रकाशित: Aug 15, 2023| 12:35 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्