बुधबार, जेठ २७, २०८३

मुगु जिप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

दुर्घटनामा परी घाइते भएका सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजंग नेपालीलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

मुगु–सोमबार बेलुकी ४ बजे सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नम्बरको सोही पालिकाको–७ चिप्लेगाडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको हो।

National life

दुर्घटनामा परी घाइते भएका सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजंग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुंगानाले बताए। घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ। दुर्घटनामा परी घाइते सोरु–७ का चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही, सोरु–६ का शेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले बताए।

लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ। जिप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 15, 2023| 12:23 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्