भारतको ७७औं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन्।
बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भारत र भारतीय जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्। भारतले आज विभिन्न कार्यक्रम गरी ७७ औं स्वतन्त्रता दिवस मनाउँदैछ। भारत सन् १९४७ अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो।