शनिबार, साउन ३, २०८२

‘ब्रेक शु’भित्रको बरामद सुन गालिँदै

राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकायको रोहबरमा बिहान साढे १० देखि सुन गाल्न थालिएको हो।
 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

काठमाडौं– राजस्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरेको सुनसहितको १५५ किलो ‘ब्रेक शु’भित्रको सुन आज गालिन थालिएको छ। राष्ट्र बैंकको टक्सार महाशाखामा सुनसहितको ‘ब्रेक शु’ राखिएको थियो।

मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालिन लागेको हो। राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी भइरहेको माशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

सुन गाल्ने काम १०ः३० बजेबाट सुरु भइसकेको उनको भनाइ छ। यसअघि हिजो ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिनेछ। त्यसका लागि केही दिन लाग्ने आचार्यले बताए। त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिएको थियो। उक्त घटनामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 15, 2023| 10:42 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।