बुधबार, जेठ २७, २०८३

सय वर्षमा विकसित भारत: मोदी

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०
National life
Shivam cement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्ममा भारत विकसित देश हुने उद्घोष गरेका छन्। ७७ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आज लाल किल्लामा आयोजित समारोहमा उनले भने, 'स्वतन्त्रताको सय वर्षमा भारत एउटा विकसित देश हुनेछ।'

यसका लागि देशले तीनवटा खराब कुरा भ्रष्टाचार, परिवारवाद र तुष्टिकरणसँग लड्नुपर्ने उनले बताए। 'तर हामी रोकिनु हुँदैन। पारदर्शिता र निष्पक्षताका साथ अगाडि बढिरहनुपर्छ।'

१० वर्षमा देशको अर्थव्यवस्था दशौंबाट पाँचौं स्थानमा उक्लिएको बताउँदै मोदीले यो प्रगति जारी रहने प्रतिबद्धता व्यक्त गरे। आफू प्रधानमन्त्री भएको १० वर्षमा भएको प्रगतिको फेहरिस्त पनि मोदीले सुनाए। 
 

प्रकाशित: Aug 15, 2023| 10:21 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्