सोमबार, जेठ ७, २०८१

अर्थतन्त्र सुधार्न ठोस कदम चाल्छु: प्रधानमन्त्री

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताए।

triton college

बैठकमा प्रधानमन्त्री प्रचण्डले भने,'अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिटान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे-जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाऊँ।'

निजी क्षेत्रलाई विश्वासमा नलिएर  र सहकार्य नगरी अर्थतन्त्रमा सुधार ल्याउन नसकिने उनले बताए। 
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताए। उनले सरकारका सबै अंगले सरकारलाई साथ दिनुपर्ने बताए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन सरकारले खेलेको भूमिका सकारात्मक रहेको र समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउँदै खुकुलो मौद्रिक नीति, लगानीमैत्री वातावरण र देशमा सकारात्मक सन्देश प्रवाहका निम्ति केही ठोस निर्णयहरू लिन सरकारको ध्यानाकर्षण गराए।

प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा उपप्रधानमन्त्री खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव अर्जुन पोखरेल, व्यवसायी संगठनका अध्यक्षहरू ढकाल, अग्रवाल र श्रेष्ठ सहभागी थिए।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 14, 2023| 21:20 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्