शुक्रबार, साउन २, २०८२

तस्करीबाट बरामद सुन गाल्न सुरु

राष्ट्र बैंक, सीआईबी, राजस्व अनुसन्धान विभागका प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको हो।
 |  सोमबार, साउन २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

vianetvianet

काठमाडौं– ३ साउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिएका बेला राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको एक क्विन्टल सुन राष्ट्र बैंकको टक्सार महाशाखाले गाल्न सुरु गरेको छ।

बरामद सुनको यकिन परिमाण जाँचबुझ्न टक्सार महाशाखा लगिएको सुन आजदेखि गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु भएको हो।

आजदेखि सुन छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सकिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए। सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनको भनाइ छ। 

राष्ट्र बैंक, सीआईबी, राजस्व अनुसन्धान विभागका प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको हो। राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। बरामद सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो।

सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिइएको थियो। सीआईबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायत प्रक्रिया सुरु गरिएको हो।

प्रकाशित: Aug 14, 2023| 16:45 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्