आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार तालिबानको कब्जामा

Siddartha premir insuranceSiddartha premir insurance

अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार तालिबानको कब्जामा

अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार विद्रोही तालिबानले कब्जामा लिएको छ। तालिबानका प्रवक्ताले भने, ‘कन्दाहार पूर्ण रुपमा कब्जा गरिएको छ।’
 |  शुक्रबार, साउन २९, २०७८
nespernesper

बीबीसी

बीबीसी

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार विद्रोही तालिबानले कब्जामा लिएको छ। तालिबानका प्रवक्ताले भने, ‘कन्दाहार पूर्ण रुपमा कब्जा गरिएको छ।’ समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, ‘तालिवानले गभर्नरको कार्यालय र अन्य भवन कब्जामा लिएको छ।’ सरकारले भने पराजय स्वीकार गरेको छैन। ‘कन्दाहार हामीले जितेका छौं। मुजाहिद्दीन सहरको सहिद स्क्वायरमा पुगेका छौं’, तालिबानका प्रवक्ताले ट्विट गरेका छन्।

triton college

तालिबान समूहले कन्दाहारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीलाई मुक्त गरेको भिडियो सार्वजनिक भएको छ।

सहरमा आतंकवादी समूह तालिबानले कब्जा गरेसँग उसको ठूलो जित हुन सक्ने बीबीसीले जनाएको छ। अब विद्रोही समूह राजधानी काबुलतर्फ केन्द्रित रहेको बताइएको छ। 

कन्दाहार कुनै समय तालिबान विद्राहीको गढ मानिन्थ्यो। सामरिक रूपमा महत्त्वपूर्ण रहेको यो सहर देशकै व्यापारिक केन्द्र हो। बिहीबार अफगानिस्तानका महत्त्वपूर्ण सहरहरु हेरात, गजनी र काला–ए–नव तालिबानले नियन्त्रणमा लिएको थियो। 

अफगानिस्तानमा २० वर्षदेखि रहँदै आएका अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता भएलगत्तै तालिबान समूहले एकपछि अर्को सहरमाथि कब्जा जमाउँदै गएको छ। तालिबानले पछिल्लो एक सातामा ३४ प्रान्तीय राजधानीमध्ये ११ मा नियन्त्रणमा लिएको छ। बिहीबार विद्रोहीले नियन्त्रणमा लिएको गजनीबाट राजधानी काबुल १५० किलोमिटर मात्रै टाढा पर्दछ।

Metro Mart
vianet

अमेरिकाले अफगानिस्तानमा रहेको अमेरिकी दूतावासका कर्मचारीलाई हटाउन सहयोग गर्न झण्डै तीन हजार सैनिक फिर्ता पठाउने बताएको छ। बेलायतले भने छोटो समयका लागि सैनिक तैनाथ गरिरहेको छ। यी सेनाले अफगानिस्तान छोड्ने बेलायती नागरिकलाई सहयोग गर्ने बताइएको छ। 

बीबीसीका अनुसार हेलमान्ड प्रान्तको राजधानी लस्कर गाहको दक्षिणी सहर पनि आतंकवादीले कब्जामा लिएका छन्, यद्यपि यो पनि पुष्टि भएको छैन। तालिबानले उत्तरी अफगानिस्तान र देशको एक तिहाइ क्षेत्रीय राजधानीलाई नियन्त्रणमा लिइसकेको छ।

आतंकवादीहरु राजधानी काबुलतिर अघि बढिरहँदा हजारौं नागरिकले सहर छाडेका छन्। बीबीसीका दक्षिण एसिया सम्पादक अनबरसन एथिराजनले भने, ‘तालिबानको सफलताले अनुभवी सैन्य विश्लेषकलाई समेत चकित पारेको छ।’

प्रकाशित: Aug 13, 2021| 08:35 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।