बिहीबार, जेठ २८, २०८३

नारायणी नदीको जल सतह सतर्कता तहभन्दा माथि

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

चितवन- चितवनस्थित नारायणी नदीको जल सतह सतर्कताको तहभन्दा माथि रहेको छ। जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणी नदीले सतर्कता तह पार गरेको छ।

National life

आइतबार राति ९:३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ। 

देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ। नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो। चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा  वर्षा भइरहेको जनाइएको छ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ।

प्रकाशित: Aug 14, 2023| 08:33 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्