बिहीबार, जेठ २८, २०८३

जयाप्रदालाई ६ महिना जेल सजाय

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ। यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीहरूले उनीविरुद्ध निवेदन दिएका थिए। अदालतले यस सम्बन्धमा जयाप्रदालाई ५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ।

National life

जयको यो थिएटर उनको व्यापारिक साझेदार राम कुमार र राजा बाबुले हेर्ने गरेका थिए। थिएटरले आफ्ना कर्मचारीहरूलाई ईएसआई (कर्मचारी राज्य बीमा निगम) दिन नसकेपछि सबै कर्मचारी अदालत गएका थिए।

यद्यपि जयाप्रदाले मुद्दा खारेज गर्न अदालतमा अपील गर्दै आफ्ना कर्मचारीहरूलाई पूरा रकम दिने वाचा गरेकी थिइन्। तर श्रम सरकारी बीमा संस्थानका वकिलले उनको अपीलमा आपत्ति जनाएका थिए।

यो मुद्दामा जयप्रदा र यस थिएटरसँग सम्बन्धित अन्य तीन जनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ। सबैलाई ५ हजार जरिवाना समेत तिर्न भनिएको छ। तर, अहिलेसम्म यस मुद्दामा जयप्रदा पक्राउ परेकी छैनन्।

जया सन् १९७० र ८० को दशकमा बलिउड र तेलुगु सिनेमाको प्रतिष्ठित स्टार थिइन्। इन्डस्ट्रीमा उनलाई श्रीदेवीजस्ता महिला सुपरस्टारसँग तुलना गरिन्थ्यो। दुवै एक अर्काका प्रतिस्पर्धी थिए। बलिउडमा जयाले तोहफा, शराबी, आखरी रास्ता, आजका अर्जुन र थानेदार जस्ता धेरै हिट फिल्म दिएकी थिइन्। उनले सन् १९९४ मा चलचित्र छोडेर राजनीतिमा लागेकी थिइन्।

Shivam cement

जयाप्रदाले समाजवादी पार्टीबाट दुई पटक लोकसभामा रामपुरबाट प्रतिनिधित्व गरिसकेकी छिन्। उनी सन् २००४ र २००९ मा रामपुर सिटबाट सांसद निर्वाचित भएकी थिइन्। यसपछि उनले २०१४ र २०१९ मा रामपुर सिटबाट पुनः चुनाव लडिन् तर दुवै पटक पराजित भएकी थिइन् 

प्रकाशित: Aug 13, 2023| 21:09 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्