बिहीबार, जेठ २८, २०८३

एक इन्स्टाग्राम पोस्टबाट साढे ११ करोड कमाउँछन् कोहली

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने भारतीयमात्र मात्र नभएर एसियाली पनि बनेका छन्। उनले एउटा पोस्टबाट ११.४५ करोड रुपैयाँ भारु कमाउँछन्।

National life

खेलाडीको सूचीमा भने उनी तेश्रो नम्बरमा छन्। यो सूचीमा फुटबलर क्रिस्टियानो रोनाल्डो पहिलो र लियोनल मेस्सी दोस्रो स्थानमा छन्।

हुपर एचक्यूले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गरेको छ। यसअनुसार विराटले इन्स्टाग्रामको एक पोस्टबाट १३ लाख ८४ हजार डलर (करिब ११ करोड ४५ लाख भारतीय रुपैयाँ) कमाउँछन्। इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर छन् ।

कोहली समग्र सूचीमा १४ ‌औं नम्बरमा छन्। पोर्चुगिज स्टार फुटबलर रोनाल्डो शीर्ष स्थानमा छन्। उनले एउटा पोस्टबाट ३२ लाख ३४ हजार डलर कमाउँछन्। अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी दोस्रो नम्बरमा छन्। एक पोस्टबाट मेस्सीको कमाइ २५ लाख ९७ हजार डलर छ। तेस्रो नम्बरमा अमेरिकी सेलिब्रेटी सेलेना गोमेज छिन्, जसले एक पोस्टबाट २५ लाख ५८ हजार डलर कमाउँछिन्।

कोहलीपछि प्रियंका चोपडा दोस्रो भारतीय अभिनेत्री हुन्। एक पोस्टबाट प्रियंकाको कमाइ ५ लाख ३२ हजार डलर छ।

Shivam cement

 

प्रकाशित: Aug 13, 2023| 16:02 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्