शुक्रबार, जेठ २९, २०८३

मनाङमा सिङ्गुस खाँदा छ जना बिरामी

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा छ जना बिरामी परेका छन्। मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने छ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्। 

National life

गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोर्खाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सात जनालाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ‘सिङ्गुस खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारको लागि लमजुङ अस्पताल पठाइएको छ’, प्रनाउ भण्डारीले भने।

उनका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन्। सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेको उनले बताए।
 

प्रकाशित: Aug 02, 2023| 21:42 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्