शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

काठमाडौं- विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।

National life

दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए।

उनीहरुले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए।

प्रकाशित: Aug 02, 2023| 15:37 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्