आइतबार, साउन १८, २०८२

सिंहदरबारमा अड्डा जमाएका कर्मचारीको धमाधम सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरपरका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न लागेको हो।
 |  बुधबार, साउन १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

vianetvianet

काठमाडौं– सामान्य प्रशासन मन्त्रालयले वर्षौंदेखि राजनीतिक लेपन लगाएर सिंहदरबार परिसर नछाडेका निजामती कर्मचारीको सानो संख्यालाई सरुवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको हो। 

विभिन्न कर्मचारी संगठनको नाममा झुकाव राख्दै आएका निजामती कर्मचारीले जुन पार्टीका सरकार बन्छ, उक्त पार्टीको संगठनमा आबद्ध कर्मचारीसँग लाइन मिलाएर सिंहदरबार नछाड्दा डेढ सय बढी पालिका प्रमुख प्रशासकीयविहीन छन्।

मन्त्रालयले पहिलो चरणमा मंगलबार मात्रै १४ उपसचिव र आठ शाखा अधिकृतको सरुवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले बताए। उनका अनुसार मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा गरेको छ।

यस्तै, गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ।

सिंहदरबार वरिपरिका आठजना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ। गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशीलकुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य तीन जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनिचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य दुई जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ। 

मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रमा खटाउन थालेको प्रवक्ता भट्टराईले बताए। उनले भने, ‘मन्त्रालयले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्न सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार सरुवा गरिन थालिएको हो।’

प्रकाशित: Aug 02, 2023| 13:13 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्