शुक्रबार, जेठ २९, २०८३

सवारी दुर्घटनामा एकको मृत्यु, पाँचजना मृत फेला

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

चितवन, भरतपुर महानगरपालिका-२९ गाईघाटमा ना. ६ ख ५६४२ नम्बरको ट्रक र लु.३८ प ६५७० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाल्पा घर भएका ३५ वर्षीय सरोज दर्लामीको मृत्यु भएको छ।

National life

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला
मोरङ, जहदा गाउँपालिका-५ रामचौकस्थित लहोन्द्रा खोला नजिक धनपालथान गाउँपालिका-५ सहनी टोल बस्ने ५० वर्षीय तिर्थनाथ मण्डल मंगलबार मृत अवस्थामा फेला परेका छन्।

बैतडी, पन्चेश्वर गाउँपालिका-६ रोडीदेवल बस्ने ७० वर्षीय धन सिंह भण्डारी सोही गाउँपालिका-४ गोगनपानीस्थित सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

धनुषा, हंसपुर नगरपालिका-२ बक्चौडास्थित पोखरीको डिलमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

Shivam cement

झापा, बुद्धशान्ती गाउँपालिका-४ हाप्पेन्ट चोकस्थित नालीमा हाल नाम, थर, वतन, नखुलेका करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सिरहा, गोलबजार गोलबजार नगरपालिका-३ गागन खोलास्थित बाँसको झ्याङ्गमा हाल नाम, थर, वतन, नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 02, 2023| 12:51 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्