शुक्रबार, जेठ २९, २०८३

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०
National life
Shivam cement

तनहुँ- तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्।

गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ। घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित: Aug 02, 2023| 09:17 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्