शुक्रबार, साउन ८, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कात्तिक २५ गते आइतबार। नेपालीहरुको चार्ड छठ सुरू भएको, छठीमाताको पूजा गर्न तरार्इ क्षेत्रका नदी तथा तलाउ दुलही झै सिँगारिएको खबर प्राथमिकतामा परेका छन् । तीन पार्टीमा विभाजित भएका राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा एकीकृतबीच आइतबार हुने भनिएको एकीकरण अचानक रोकिएको खबर राजनीतिक वृत्तमा छलफलको विषय बन्यो । न्याय माग्दै बलात्कारपछि हत्या गरिएको बालिका निर्मला पन्तका बुबाआमाले धर्ना सुरू गरेको खबर पनि चर्चामा रह्यो । नेपाल समयले दिनभर गरेका अपडेटको संक्षेप के के रह्यो । थाहा पाउनुहोस् नेपाल समय दिनभरी :

पशुपतिले कमललाई देखाइदिए रातो बत्तीः अचानक रोकियो राप्रपा एकीकरण 
तीन पार्टीमा विभाजित भएका राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा एकीकृतबीच आइतबार हुने भनिएको एकीकरण अचानक रोकिएको छ। एकीकरणको खाका बोकेर अन्तिम वार्ता गर्न राप्रपा प्रजातान्त्रिको कार्यलय पुगेका राप्रपा अध्यक्ष कमल थापा अध्याँरो मुख लगाएर धुम्बाराही फर्केका छन् । तीन  अध्यक्षहरु कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच पटकपटक छलफल भएर एकीकरणको खाका तयार भएपछि आइतबार नै एकीकरणको मिति टुंगो लगाउने तयारी थियो। 

टाउको दुख्दा विदेश उड्ने हाम्रा नेताहरू!
दसैंतिहार सकिएसँगै मौसम चिसो हुँदै गएको छ। पर्वपूर्वका तात्ताता राजनीतिक विषयवस्तु सेलाएका छन्। वातावरण संस्कृतिप्रधान भएकाले कतिपय सरोकारका विषय छायामा परे। यहाँ भने म सधैंभन्दा फरक विषयमा चर्चा गर्न गइरहेको छु। चर्चा हो औषधोपचारको। दसैंको धपेडीले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली बिरामी परेका र उनले यसपालि नेपालमै उपचार गराएको विषय निकै चर्चित भएको थियो। प्रधानमन्त्री बिरामी पर्नु, देशभित्रै उपचार गरिनु र अस्पतालबाट सकुशल डिस्चार्ज हुनु सार्वजनिक चासोको विषय त्यतिकै बनेको होइन। 

पसल जस्तै निजी अस्पताल : उपचार महँगो, गुणस्तर शून्य
निजी क्लिनिक सञ्चालन गर्दै आएका यहाँका वरिष्ठ चिकित्सकबीच अस्पताल सञ्चालन गर्ने होड सुरु भएको छ। आफ्नै लगानीमा अस्पताल सञ्चालनमा खासै रुचि नदेखाउने चिकित्सक आफैं अहिले मुख्य लगानीकर्ता र सञ्चालक हुने क्रम बढेको छ । यहाँका नयाँ पुराना चिकित्सकको लगानीमा डेढ दर्जन निजी अस्पताल सञ्चालनमा आइसकेका छन् । नयाँ अस्पतालमा लगानी गर्ने क्रम अझै जारी छ। यीमध्ये सीमित अस्पतालमा मात्र पर्याप्त जनशक्ति र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध छ । अधिकांश निजी अस्पताल न्यूनतम पूर्वाधार र जनशक्तिबिना नै सञ्चालनमा छन् । 


सुरु भयो छठ पर्व, मिथिलालाई दुलही झैं सिंगारिँदै
 सूर्यको पूजा आरधना गरि मनाइने छठ पर्व आइतबारबाट सुरु भएको छ । संध्याकालीन अर्घ मंगलबार दिइने भएपनि छठको विधी आइतबारबाट शुरु भएको हो ।  ब्रतालु आइतबारबाट सफा र शुद्ध भई चोखो खानेकुरामात्र खाने गर्दछन् । यसलाई नहाए खाए पनि भन्ने गरिन्छ । नहाए खाएको दिनपछि छठ नसकन्जुल ब्रतालु तथा परिवारका सदस्यहरु माछा, मासुजस्ता आहार खान बन्द गर्ने गर्दछन् ।

नदी किनारमा बस्तीबढेपछि इटहरीका ब्रतालु मोरङतर्फ
सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैचा नगरपालिका जोड्छ बूढी खोला पुलले । महेन्द्र राजमार्गको यो पुलबाट केही वर्षअघिसम्म खोलामा हेर्दा इटहरीतर्फ छठका ब्रतालुको भीड हुन्थ्यो । पछिल्ला दुई वर्षमा भने सुन्दरहरैचातर्फ भीड बढेको छ । छठका घाट इटहरीतिर कम छन् ।  सुन्दरहरैचातिर धेरै छन् ।  

जहाँ कुवामै गरिन्छ छठ पूजा
यतिबेला तराईका जिल्लामा छठ पर्वको चटारो छ । छठका ब्रतालुदेखि पूजाको जोरजाममा जुटेका छन् । छठपर्वमा ब्रतालुहरु जलाशयमा केही बेर उभिएर पूजा सामग्री हातमा राखेर भगवान् सूर्यको उपासना गर्छन् । जलाशयमै पूजा गर्नुपर्ने भएकाले ती स्थानको सरसफाइ र शुद्धतातर्फ विशेष ध्यान दिइन्छ ।

छठ: विविधताले भरिएको समाज चिनाउने खुल्ला संग्राहलय
तिहारको रौनक नसक्दै यहाँ पवित्र छठ पर्वको तयारीको चटारो लागेको छ। चोक चौराहादेखि घरघरबाट छठ गीतको धुनले पुरै शहर छठमय मुडमा प्रवेश गरिसकेको संकेत गर्छ । विशेषगरी आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व निक्कै उत्साह र भक्तिभावका साथ मनाइन्छ । घरदेखि टाढा परदेशमा रोजगारी वा उच्च शिक्षा अध्ययनका लागी विदेशिनेहरु समेत घरआँगनमा छठको रौनक सम्झिएर घर फर्किन्छन् । छठ पर्व प्रकृति प्रति कृतज्ञता व्यक्त गर्ने माध्यम पर्व समेत हो । 

पार्टीमा बोलाएर युवतीको सामूहिक बलात्कार
लहानमा पार्टीको बहाना बनाएर आफ्नै सार्थीहरुले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । शुक्रबार राती आफ्नै साथीहरुले पार्टी खान बोलाएर एक १९ वर्षीया युवतीको सामूहिक बलात्कार गरेको हो ।

धादिङको बेनिघाटमा ग्यास बुलेट दुर्घटना , दुईको मुत्यु
ग्यास बोकेर काठमाडौं आउदै गरेको ग्यास बुलेट बेनिघाट गाँउपालिका –५ स्थित बिसाल टार मोडमा दुर्घटना भएको छ ।  दुर्घटना गस्त ग्यास बुलेटले किचेर दुई जनाको मृत्य भएको छ । दुर्घटनामा परी बेनिघाट गाँउपालिका वडा नम्बर ५ की वडा सदस्य ३८ वर्षीया गिता नेपाली र १८ वर्षीया सनिता नेपालीको मृत्यु भएको हो । 


पत्रकार खसोग्गीको हत्यासम्बन्धी रेकर्डिङ अमेरिका पुग्यो
टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले बताएका छन् । हामीले श्रब्य सामग्रीलाई साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएका छौँ, उनले टेलिभिजनमार्फत् प्रशारित सम्बोधनमा भने । 
 

ओलम्पिक छनोट : म्यानमारसँग नेपालले बराबरी खेल्यो 

ओलम्पिक एसियन महिला फुटबल छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । आफ्नो पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको नेपालले म्यानमारसँगको आफ्नो दोस्रो खेलमा पनि १-१ को बराबरी खेलेको हो । नेपालले अग्रता लिएको खेलमा दुबै गोल पहिलो हाफमा भएका थियो । नेपालका लागि फरवर्ड सावित्रा भण्डारीले गोल गर्दा म्यानमारका लागि खिन मोइ वाइले बराबरी गोल गरिन् । 

युरोपका १० महंगा खेलाडी : मेस्सी छैटौं, पहिलो को ?
सीआईइएस फुटबल अनुसन्धान केन्द्रले हालै मात्र सार्वजनिक गरेको पछिल्लो छ महिनामा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी बसै भन्दा मुल्यवान खेलाडीको छैटौं नम्बरमा परेका छन् । युरोपका शीर्ष पाँच लिग (सिरी-ए, ला लिगा, बुन्डेस लिगा, प्रिमियर लिग र लिग वान) बाट गरेको अनुसन्धान अनुसार मेस्सी शीर्ष छैटौं मुल्यवान खेलाडीको सुचिमा परेका हुन् । 

रोनाल्डो र मेस्सी बालोन डि’ओरको शीर्ष तीनबाट बाहिर
पछिल्लो दशक अर्जेन्टिनी सुपर स्टार तथा पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोको दबदबा रहेको बालोन डि’ओरमा यस बर्ष द्वोय मेस्सी र रोनाल्डोले बालोन डि’ओर अवार्ड उचाल्लान त ? भन्ने  प्रश्न उठेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।