शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०
National life
Shivam cement

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न आदेश दिएको थियो। निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले थापाको नियुक्ति बदर गरी आफूलाई नियुक्त गर्न परमादेश माग गरेका थिए।

प्रकाशित: Jul 28, 2023| 14:06 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्