सोमबार, जेठ १८, २०८३

कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०
National life
Shivam cement

विराटनगर- कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गरेका हुन्।

सो कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्री कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। बाँकी मन्त्रालयहरु मुख्यमन्त्री कार्कीले राखेका छन्।

प्रकाशित: Dec 03, 2023| 16:18 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्