सोमबार, कात्तिक १७, २०८२
  • गृहपृष्ठ
  • कोशी
  • कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन फिर्ता नलिने

कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन फिर्ता नलिने

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। आज बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भए पनि समर्थन भने जारी राख्ने निर्णय गरेको हो।

Kumaribank

सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेश सभा बैठकमा बस्ने निर्णय उसले गरेको छ।

एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो। कार्कीले गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भित्र्याएपछि एमाले सत्ताबाट बाहिरिसकेको छ।

एमालेले समर्थन फिर्ता नलिने भएपछि मुख्यमन्त्री केदार कार्कीले पुनः विश्वासको मत लिनु नपर्ने भएको छ।

प्रकाशित: Nov 06, 2023| 13:38 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्