बिहीबार, पुस १७, २०८२

कबाडी गोदाममा आगलागीमा थप एक जनाको मृत्यु

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

सुन्दरहरैँचा- मोरङको विराटनगर महानगरपालिका–७ स्थित कबाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। 

National life

बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए। 

उनले पासवानको घटनास्थलमा नै मृत्यु भएको तथा मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा तथा कामतको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए। 

आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि लगिएको हो। उक्त आगो छ वटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो। साथै आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Laxmi sunrise bank

प्रकाशित: Dec 07, 2023| 16:58 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्