शुक्रबार, जेठ २९, २०८३

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठन गर्न आदेश दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आदेश दिएको हो।

National life

सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको फैसला गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो।

२१ असारमा कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख गौतमको  हस्ताक्षरसहित समर्थन पेस गरेका थिए। सोही आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट हालेका थिए। सोही रिटको अन्तिम फैसला आज सर्वोच्चबाट भएको हो।

 

Shivam cement

प्रकाशित: Jul 27, 2023| 15:13 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्