शुक्रबार, जेठ २९, २०८३

कोशी सरकार गठन विवादको मुद्दा आज पनि हेर्दाहेर्दैमा

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि बहस सकिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो।

National life

बहस सकिए पनि आज इजलासले फैसला भने सुनाएन।आज फैसला सुनाउने तयारी रहे पनि फैसला लेखनका लागि अध्ययन गर्न समय अपुग भएपछि उक्त मुद्दा बिहीबारलाई हेर्दाहेर्दैमा राखिएको हो। भोलि भने फैसला हुने बताइएको छ। हिजो पनि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन्। रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन्।

Shivam cement

प्रकाशित: Jul 26, 2023| 16:52 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्