शनिबार, चैत ११, २०७९

तिहारमा बिजुली नजाने : यस्तो छ प्राधिकरणको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले उज्यालो र बत्तीको चाड तिहारमा लोडसेडिङ नहुने स्पष्ट पारेको छ । विगतमा भन्दा विद्युत् आपूर्ति सहज भएकाले यस वर्ष तिहारमा लोडसेडिङ नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणका अनुसार अहिले देशभर पिक आवरमा ११५० मेगावाटदेखि १२५० मेगावाटसम्म विद्युत् खपत हुने गरेको छ । तिहारमा विशेष गरी बिजुली बढी चाहिने लक्ष्मी पूजाका दिन पिक आवरमा थप २० मेगावाट विद्युत् आवश्यक पर्ने प्राधिकरणको अनुमान छ । सोहीअनुसार व्यवस्थापन गरी लोडसेडिङ हुन नदिने तयारीमा रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘विगतका वर्षमा भन्दा यो वर्ष विद्युत् आपूर्ति सहज बनेको छ,’ उनले भने, ‘त्यसैले तिहारमा देशभर लोडसेडिङ हुँदैन । 

उनका अनुसार तिहारको पिक आवरमा देशभर १२७० मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान छ । खपत बढे पनि १३ सय ५० मगावाटसम्म विद्युत् आपूर्ति गर्न सक्ने क्षमता प्राधिकरणसँग छ । ‘कतै–कतै प्राविधिक समस्या आएमा जतिसक्दो चाँडो समाधान गरिनेछ,’ उनले भने ‘सप्लाइ, इन्फास्ट्रक्चरलगायतका कारणले समेत समस्या आउने छैन ।’ 

कुलेखानीस्थित जलविद्युत् आयोजनाको जलाशयको गहिराइ यसपालि १५ सय २६ मिटर पुगेको छ । ‘यसअघिसम्म १५ सय २४/२५ मिटर मात्रै हुन्थ्यो,’ उनले भने, ‘यसरी जलाशयमा पानी बढ्दा सुख्खायामलाई सहयोग हुनेछ ।’

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालले सामान्य अवस्थामा ११५० देखि १२०० मेगावाट हाराहारीमा मुलुकमा विद्युत् खपत भइरहेको बताइन् । ‘अहिले पनि पिक आवरमा १२५० मेगावाटसम्म खपत हुन्छ,’ उनले भनिन् ‘साँझ ७ बजेदेखि ९ बजेको अवधिमा बढी विद्युत् खपत हुने हो ।’ उनका अनुसार अहिले प्राधिकरणका प्लान्ट पूर्ण क्षमताका साथ चलिरहेका छन् । साथै हिउँ पग्लने सिजन भएकाले नदीहरूमा पानी पर्याप्त छ ।

दुई हजार बढी कर्मचारी खटिँदै

तिहारका बेला विद्युत् आपूर्ति चुस्तदुरुस्त राख्न प्राधिकरणले दुई हजार बढी कर्मचारी खटाउने भएको छ । ती कर्मचारी तयारी अवस्थामा राखिनेछ । ‘समस्या आएको स्थानमा तत्काल मर्मत गर्न कर्मचारी पुग्नेछन्,’ सूचना अधिकारी अर्यालले भनिन् ‘नोलाइटमा कर्मचारीहरू तयारी अवस्थामा रहनेछन् । प्रत्येक सबस्टेसनमा तीनभन्दा बढी कर्मचारी खटिनेछन् ।’

वैकल्पिक प्लान्ट पनि तयारी अवस्थामा 

प्राधिकरणले तिहारका लागि वैकल्पिक प्लान्टलाई समेत तयारी अवस्थामा राखेको छ । सामान्य अवस्थामा सञ्चालन नगरिने कुलेखानी जलविद्युत् आयोजना तयारी अवस्थामा राखिएको छ । सो आयोजनास्थित ९२ मेगावाटको पहिलो र दोस्रोका दुई प्लान्ट ‘स्ट्यान्डबाई’ राखिएको छ । हेटौंडामा रहेको १० मेगवाटको डिजेलबाट सञ्चालन हुने थर्मल प्लान्ट पनि ‘स्ट्यान्डबाई’ राखिएको सूचना अधिकारी अर्यालले जानकारी दिइन् ।

यसरी हुन्छ १३४० मेगावाटको व्यवस्था

प्राधिकरणसँग अहिले करिब पाँच सय मेगावाट विद्युत् उपलब्ध गराउन सक्ने क्षमता छ । निजी क्षेत्रसँग करिब ३५० मेगावाटको क्षमता छ । ‘त्यस्तै भारतबाट आवश्यकताबमोजिम ४९० मेगावाट आयात गर्न सकिने अवस्था मिलाइएको छ,’ अर्यालले भनिन्, ‘ती सबैलाई जोड्ने हो भने हामीसँग १३४० मेगावाट विद्युत् क्षमता हुन्छ ।’ 

भावी योजना

आगामी दुई वर्षभित्र प्राधिकरणले करिब ८०० मेगावाट विद्युत् उत्पादन गर्ने कार्यकारी निर्देशक घिसिङले बताए । प्राधिकरणले ‘सिस्टर’ कम्पनीसँगको संयुक्त पहलमा विद्युत् उत्पादन गर्नेछ । निजी क्षेत्रबाट प्रत्येक वर्ष उत्पादन हुने दुई सय मेगावाटसमेत गरी दुई वर्षभित्र १२ सय मेगावाट पुर्‍याउने लक्ष्य प्राधिकरणको छ । ‘अब विद्युत आपूर्ति गर्ने प्राधिकरण मात्रै छैन, । विभिन्न कम्पनी खडा भएका छन् । उनीहरुले पनि उत्पादन अघि बढाइरहेको छ ।’ करिब दुई हजार मेगावाटका आयोजनाबारे अध्ययन भइरहेको जानकारी उनले दिए । 

चिलिमे जलविद्युत्अन्तर्गत पाँच सय मेगावाटका आयोजनाको अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै तामाकोसी हाइड्रोपावरलाई पनि अघि बढाइएको छ । पछिल्लो समय करिब तीन खर्ब रुपैयाँ बराबरका जलविद्युत् अयोजना अघि बढिरहेको कार्यकारी निर्देशक घिसिङले बताए । 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।