NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने भयो हवाई इन्धन डिपो 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने भयो हवाई इन्धन डिपो 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने हुँदा नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो।
 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

पोखरा–कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले डिपो निर्माण शिलान्यास गरेका हुन्। 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने हुँदा नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो। हवाई इन्धन डिपो पोखराका प्रमुख धीरजविक्रम खड्काका अनुसार १२ लाख किलोलिटर क्षमताका तीन वटा डिपो निर्माण गरिनेछन्। 

डिपो निर्माणका लागि ७७ करोड खर्च हुने आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए। उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्यांक्स जेभीले पाएको छ।

‘१ हजार २ सय किलोलिटर क्षमताका तीन र १ हजार ५ सय किलोलिटर क्षमताको एउटा ट्यांकी निर्माण गरिनेछ’, उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो।’ नायब कार्यकारी निर्देशक साहका अनुसार डिपो एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ।–रासस

प्रकाशित: Jul 17, 2023| 16:29 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्