NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोड बढी मूल्यका चोरीपैठारी सामान भन्सार दाखिला

सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोड बढी मूल्यका चोरीपैठारी सामान भन्सार दाखिला

सशस्त्रका विभिन्न युनिटले चोरीपैठारीका अवैध सामग्री बरामद गरेर भन्सारलाई बुझाएका हुन्।
 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

काठमाडौं– सशस्त्र प्रहरीले आव २०७९/८० मा १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३७० बराबर मूल्य पर्ने चौरीपैठारीका सामान बरामद गरी भन्सार दाखिला गरिएको जनाएको छ। आव २०७८/७९ भन्दा यस आवमा करिब २७ प्रतिशत बढीका चोरीपैठारी सामान भन्सार  दाखिला भएको सशस्त्रले बताएको हो।

सोही अवधिमा सशस्त्र प्रहरीका विभिन्न युनिटले गत आव साउनमा ९ करोड ७९ लाख ३ हजार ३३४ मूल्य पर्ने मालसामान बरामद गरेका छन्। भदौमा ११ करोड २५ लाख ११ हजार ७२०, असोजमा ७ करोड ७४ लाख ९४ हजार ६८३, कात्तिकमा ६ करोेड ९१ लाख ५८ हजार ५०९  रुपैयाँ बराबरको मालसामान बरामद भएको सशस्त्रले जनाएको छ। 

यसैगरी मंसिरमा ८ करोड ४८ लाख ५१ हजार ३५३, पुसमा १७ करोड ५८ लाख ५० हजार २८३, माघमा ८ करोड १९ लाख ९६ हजार ७५३, फागुनमा ८ करोड ७९ लाख ६० हजार १६५ रुपैयाँ बराबरको अवैध सामान भन्सार दाखिला गरिएको सशस्त्रले बताएको छ।

चैतमा ११ करोड, १८ लाख ३० हजार २६२, वैशाखमा १३ करोड ८१ लाख ८९ हजार ९३१, जेठमा ११ करोड ४३ लाख ६४ हजार ६०१ र असारमा १० करोड २३ लाख १२ हजार ७७७ रुपैयाँबराबरको मालसामान बरामद गरी भन्सार बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।

प्रकाशित: Jul 17, 2023| 14:15 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्