आइतबार, असार २८, २०८३

ग्यास, पेट्रोल र डिजेलको मूल्य घट्यो

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र अन्य  इन्धनको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ। ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ।

त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ। पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ। डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ।

प्रकाशित: Jul 16, 2023| 17:56 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्