मंगलबार, वैशाख २९, २०८३

१२.१६ अंकले बढ्यो नेप्से, कारोबार रकम कति?

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ। नेप्से सूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा आएको छ। २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। 

National life

यस दिन विशेषगरी म्युचुअल फन्ड र डिबेञ्चरहरुको भाउ धेरै बढेको छ। ४ वटा कम्पनी तथा फन्डहरु सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन्। सूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने अलि सुस्त देखिएको छ।

अन्तिम दिन लगानीकर्तालाई बैंकलाई साँवा-ब्याजको कित्ता बुझाउने तथा अन्य प्रकारका करहरु तिर्ने चटारो हुन्छ। यस्तै, कम्पनी तथा संस्थागत लगानीकर्ता पनि यही काममा केन्द्रित भएका हुन्छ।

यस दिन २८६ कम्पनीको ७१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ। १९ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जी परेका छन्। 

प्रकाशित: Jul 16, 2023| 16:12 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्