शनिबार, जेठ ३०, २०८३

बिजलपुरा आइपुग्यो रेल

महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो। रेल हेर्न भंगाहामा स्थानीय बासिन्दाको घुँइचो लागेको थियो।
 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज महोत्तरीको भंगाहास्थित बिजलपुरा स्टेसनमा रेल आइपुगेको छ।

National life

भंगहा रेल्वे स्टेसनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको थियो। नेपालको एकमात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो। यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो।

थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो। रेल हेर्न भंगाहामा स्थानीय बासिन्दाको घुँइचो लागेको थियो।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो। सुरुमा दुई पटकमात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाह पञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चारपटक सञ्चालनमा थियो।

Shivam cement

भोलिदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागले जनाएको छ।

 

प्रकाशित: Jul 16, 2023| 14:20 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्