बुधबार, साउन २०, २०८३

मैथिली भाषा-साहित्यका पाँच स्रष्टालाई विशिष्ठ विद्यापति पुरस्कार

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं- मैथिली भाषा–साहित्यमा विशेष योगदानको लागि प्रदान गरिने विशिष्ठ विद्यापति पुरस्कार आज पाँचजना स्रष्टालाई प्रदान गरिएको छ। विभिन्न विधामा विशिष्ट योगदान दिएका पाँचजना स्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार कोषले आज पुरस्कृत गरेको हो। 

पुरस्कृत स्रष्टाहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका छन्। २०७९ सालको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको छ। दुई लाख नगद र सम्मानपत्र सहित चौधरीलाई सम्मान गरिएको छ। नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार रमेश कुमार यादवलाई प्रदान गरिइएको छ। यसको राशि एक लाख नगद रहेको छ भने १ लाख राशि र सम्मानपत्र सहितको पाण्डुलिपि पुरस्कार महेन्द्र कुमार मिश्रलाई प्रदान गरिएको छ।

यसै गरी कला संस्कृति पुरस्कार गायक डा. आभाष लाभ र अभिनेता वैद्यनाथ पटेललाई प्रदान गरिएको छ। दुवै जनालाई ५०–५० हजारको दरले रकम प्रदान गरिएको छ। यस वर्ष अनुसन्धान तर्फ कसैलाई पनि पुरस्कृत नगरिएको छनौट समितिले जनाएको छ।

पुरस्कार वितरण समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विद्यापति हामी नेपालीको पनि महाकवि रहेको बताएका छन्। उनले विद्यापतिका रचनाहरूले नेपाल र भारत बीचको सम्बन्धलाई बलियो बनाउनुका साथै पहाडलाई समेत जोड्ने काम गरेको बताए। मन्त्री किरातिले विद्यापतिका कतिपय पाण्डुलिपिहरू अहिले नेपालको राष्ट्रिय संग्रहालयमा सुरक्षित रहेको चर्चा गरे।

 

प्रकाशित: Jul 11, 2023| 17:19 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।