शुक्रबार, भदौ १२, २०८३

जापानमा तिजको रौनक सुरु

 |  शनिबार, साउन ३१, २०८२

पार्वती पाठक

पार्वती पाठक

शनिबार, साउन ३१, २०८२

जापान । देश तथा विदेशमा हिन्दू नारीहरूको महान पर्व हरितालिका तिजको रमझम देखिन थालेको छ।

जापानमा समेत नेपाली महिलाहरूलाई तिजको रौनकले छुन थालेको छ। हिन्दू नेपाली महिलाको महान पर्व ‘हरितालिका तिज’को अवसरमा यतिबेला यहाँ रहेका दिदीबहिनीले तिजको दरखाने कार्यक्रम तथा नाचगानलाई  रुपमा मनाउन सुरु गरेका छन्।

सबै दिदीबहिनी एउटै ठाउँमा भेला भएर रमाइलो गर्ने, नाच्ने, दर खानेलगायतका काम गरिरहेका हुन्।

विदेशमा पनि यसरि चाडपर्वको अवसरमा जमघटको आयोजना गरि विदेशी भूमिमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका बीचमा आपसी सद्भाव, एकता र भाइचारा सम्बन्ध क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

आफूहरू जुन देश र ठाउँमा भए पनि आफ्नो कला र संस्कृति जोगाउनु नै आफूहरूको उद्देश्य रहेको यहाँ रहेका नेपालीहरूले बताएका छन्।
 
जापानमा हरेक वर्ष तिजको अवसरमा विशेष कार्यक्रमको आयोजना समेत गर्ने गरिन्छ। यस वर्ष पनि धेरै कार्यक्रम रहेको बताइको छ।

कार्यक्रममा प्रख्यात तथा चर्चित कलाकारको प्रस्तुति रहन्छ। जापानमा तिज विशेष कार्यक्रम धेरै हुने गर्दछन्। विदेशमा रहेका हिन्दू धर्मावलम्बीले दर खाने कार्यक्रम तथा सांगीतिक कार्यत्रमको आयोजना गरेर तिजलाई उल्लासमय बनाउने गरेका छन्।

तर, पछिल्लो समय तिजको मौलिकता हराउदै गएको छ। यस वर्षको हरितालिका तिज भदौ १० गते परेको छ।

प्रकाशित: Aug 16, 2025| 19:25 शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्