आइतबार, भदौ २१, २०८३

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा

 |  आइतबार, भदौ १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन्।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गर्नुभएको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिनुभएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सो जानकारी दिए।

भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो। भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन्। दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित: Aug 17, 2025| 19:14 आइतबार, भदौ १, २०८२
प्रतिक्रिया दिनुहोस्