शनिबार, साउन ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा उड्ने कार र गुड्ने कार मानव काँधमा बोकेरै भित्रिए 

नेपालमा उड्ने कार र गुड्ने कार मानव काँधमा बोकेरै भित्रिए 

 |  शनिबार, साउन ३१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०८२

vianetvianet
Metro Mart

काठमाडौं-नेपालको अटो इतिहासमा एउटा गज्जवको संयोग देखा परेको छ । सन १९३९ मा पहिलो पटक लेपालमा गाडी भित्र्याउदा मान्छेले काँधमा बोकेर काठमाण्डौं ल्यएका थिए भने अहिले नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न दिपालले 'इभिटोल फ्लाइङ ट्याक्सी' पनि मानव काँधमा चढाएर नेपाल भित्र्याएको छ।यो गाडी शनिबार नेपाल ल्याइएको 'नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपाल'ले जानकारी गराएको छ। यसका साथै  'युनिट्री रोबोट्स' पनि काठमाडौं आइपुगेको घोषणा नाडाले गरेको छ।

शुरुमा तातोपानी क्षेत्रमा देखिएको प्राकृतिक विपद् र अन्य कारणले यी उच्च प्रविधिहरू नेपाल ल्याउन ढिलाइ भएको थियो।यो नेपालका लागि एउटा ऐतिहासिक क्षण भएको 'नाडा'ले जनाएको छ।यी प्रविधिहरू पहिलोपटक 'नाडा अटो शो २०२५' मा सार्वजनिक रूपमा प्रदर्शन गरिन थालेको हो।

१७औं संस्करणको यो प्रदर्शनीमा नेपालमा प्रविधिको नयाँ सम्भावनाहरूलाई उजागर गर्ने बताइएको छ।यो भव्य प्रदर्शनी २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।यस प्रदर्शनीमा सहभागी भएर उड्ने कारको प्रत्यक्ष अनुभव लिन र यो ऐतिहासिक क्षणको साक्षी बन्न नाडाले  आग्रह गरेको छ।

प्रकाशित: Aug 16, 2025| 16:42 शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्